कसैलाई करेन्ट लागिहालेमा ढिलो नगरी करेन्ट लागेको व्यक्तिलाई नछोइकन घरको मेन स्वीच बन्द गर्ने, त्यसो गर्न नसकिएमा लामो सुख्खा काठ वा बाँसको लट्ठीले करेन्ट लागेको व्यक्तिलाई छुटाउँने र यसरी लट्ठीले छुटाउँदा व्यक्तिलाई असर पर्ने गरी जोडले नहानीे चिसो भुइँमा नटेकी सुख्खा हातले छुट्याउँनुपर्छ । उक्त व्यक्तिको श्वासप्रश्वास रोकिएमा कृतिम श्वाश दिई तुरुन्तै स्वास्थ्य चौकीमा लगिहाल्नुपर्छ ।