काठमाडौं । दिल्लीमा सुरु भएको जी-२० सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा सामेल गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो स्वागत भाषणमा भने, ‘तपाईंहरू सबैको सहमतिमा अबको कारबाही सुरु गर्नुअघि म अफ्रिकी युनियनका अध्यक्षलाई जी-२० को स्थायी सदस्यका रूपमा आफ्नो स्थान ग्रहण गर्नका लागि आमन्त्रित गर्दछु ।’
जी-२० समूहमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, रिपब्लिक अफ कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका गरी १९ देश आवद्ध छन् । सो समूहको २०औँ सदस्य युरोपेली संघ हो ।
अफ्रिकी संघलाई यो संगठनमा स्थायी सदस्य बनाइएपछि अब १९ देश र दुई संघ यसका सदस्य बनेका छन् ।