• फाल्गुन २६ २०८२, मंगलवार

मणिपुरमा फेरि भड्कियो हिंसा, २ जनाको मृत्यु ५० घाइते

भाद्र २३ २०८०, शनिबार

काठमाडौं । भारतको मणिपुरमा बिहीबार फेरि हिंसा भड्किएको छ, जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी लगाएका केही व्यक्तिले समुदायमा आक्रमण गरेका थिए। यसपछि हिंसा भड्कियो।

यसैबीच हिंसा नियन्त्रण गर्न केन्द्रले जम्मु कश्मीरमा ड्युटी गरिरहेका २ हजार सैनिकलाई मणिपुरमा पुनः परिचालन गरेको छ।