• असार २ २०८२, सोमबार

ताप्लेजुङमा तरुण दलको प्रदर्शन रोक्न प्रहरीद्वारा हवाइ फायर

भाद्र २२ २०८०, शुक्रबार

ताप्लेजुङ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूको निलम्बनको माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ ।

प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कायालयमा ढुङ्गा समेत प्रहार गरेका छन् भने प्रदर्शन रोक्न प्रहरीले हवाई फायर गरेको छ । तरुण दलको टोलीले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् ।

प्रदेश सांसद खगेन सी हाङमामाथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दल आन्दोलित भएको हो । बिहीबार बेलुका प्रहरीले सांसदको निवासको ढोकामा लात्ती हान्नुका साथै आक्रमण गरेको भन्दै कांग्रेस जिल्ला समिति र यसका भ्रातृ संगठनहरू आन्दोलित भएका हुन् ।