मधुमेह भनेको सामान्य भाषामा भन्नुपर्दा चिनी रोग हो। रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई हामी मधुमेह भन्छौँ। चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ।
अहिले हाम्रो 18 एकदम परिवर्तित भएको छ। मानिसहरु तनावपूर्ण जीवन बाँचिरहेका छन्। खानपिनमा ध्यान कम पुगेको देखिन्छ। आफ्नो घरमा बनाएको खानाभन्दा पनि बजारमा पाइने प्रशोधित खानाप्रति मानिसहरुको रुचि बढेको देखिन्छ। चिल्लो, क्यालोरीयुक्त खाना खाइरहेका हुन्छौँ। समयमा खाँदैनौं। व्यायाम कम भएको छ। हामी धेरै विलासी भएका छौं। नजिकै जानुपर्यो भने पनि हामी गाडी चढिरहेका हुन्छौं। आफ्नो शरीर परीक्षण गर्ने बानी पनि छैन। टेबुल वर्क धेरै भएको छ। मानिस शारीरिक रुपमा अहिले एक्टिभ छैन। त्यसैले रोग संसारभरि नै बढ्दै गइरहेको छ।
संसारमा सबैभन्दा बढी मधुमेह चीन र भारतमा छ। विशेषगरी मधुमेह दक्षिण एसियामा बढी देखिएको छ। यी देशमा जिनमा नै मधुमेह हुने सम्भावना बढी हुन्छ। केही अध्ययन र हाम्रो आकलनअनुसार नेपालको जनसंख्याको ८.३ प्रतिशत जनसंख्यामा मधुमेह रहेको छ। त्यो बढ्ने क्रममा छ।
लक्षणहरु:
थाकाइ लाग्ने
आलस्य हुने
जाँगर नचल्ने,
पिसाब लाग्ने
मुख सुख्खा हुने
खाना बढी रुचि हुने
खुट्टा पोल्ने
खुट्टा झमझमाउने
आँखा धमिलो हुने
कुनै पनि घाउ निको हुन गाह्रो हुने
पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि।