• असार २ २०८२, सोमबार

६० केजी सुन प्रकरण: थप एकजना पक्राउ

भाद्र २२ २०८०, शुक्रबार

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० केजीभन्दा बढी सुन तस्करी प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ ।

उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिव कुमार सराफलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेका सफरलाई सीआईबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने बताइएको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।

६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

राजस्व विभागले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ गते सीआईबीलाई जिम्मेवारी सुम्पिएको थियो ।