• असार २ २०८२, सोमबार

चिनियाँ राजदूततर्फ संकेत गर्दै वर्षमानले भने : सरकारले सचेत गराओस्

भाद्र २१ २०८०, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने छुट कुनै पनि कूटनीतिज्ञहरुलाई नभएको बताएका छन् । नेपालको घरेलु मामिलामा टिप्पणी गर्नेहरुलाई सरकारले सचेत गराउनु पर्ने उनको भनाइ छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले भने, ‘को राजदूतले, कहाँको राजदूतले भन्यो भन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने या कोही छिमेकसँग या तेस्रो पक्षसँग नेपालको सम्बन्धको विषयमा अरुले टिप्पणी गर्ने परम्परा बसाल्न दिनै हुँदैन । यो बेठिक हो, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि र हाम्रो कूटनीतिमा पनि ।’

नेपालका लागि चिनियाँ राजदूतले हालैमात्र नेपाल–भारत व्यापारका विषयमा कडा टिप्पणी गरेका थिए, जसलाई कूटनीतिक मामलाका जानकारहरुले ‘गैरकूटनीतिक अभिव्यक्ति’ भनेर आलोचना गरेका छन् ।