• असार २ २०८२, सोमबार

सन्दीपविरुद्धको बलात्कार मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै

भाद्र २१ २०८०, बिहीबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार काठमाडौं जिल्ला अदालतमा हुँदैछ।

लामिछानेको मुद्दाको सुनुवाइ न्यायाधीश शकुन्तला कार्कीको इजलासमा हुन लागेको हो।

लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दा फैसलाका लागि बिहीबारलाई पेसी तोकिएको छ। कार्कीको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो।

यही भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि आजलाई पेसी तोकिएको हो। बिहीबार अन्तिम बहस सकिएमा फैसला आउने सम्भावना छ। सन्दीपले एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ।