काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवलाई ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ।
बुधबार साँझ साढे ५ बजे एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले उनलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जनाए।
सहमहामन्त्री यादवलाई सवा २ बजे अस्पतालमा पुर्याइएको थियो। उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरी प्रहार भएको थियो। जसकारण गहिरो घाउ भई रक्तश्राव भएको डा. रिजालले बताए।
सिटी स्क्यान गर्दा हालसम्म आन्तरिक चोट नदेखिएको पनि उनले बताए। ‘उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जरी/ अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।