• बैशाख १० २०८२, बुधबार

प्रहरी र विद्यार्थीबीच झडप, २३ सेल अश्रुग्यास प्रहार

भाद्र १९ २०८०, मंगलवार

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकामा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले मोटरसाइकलमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

शिक्षक सरुवाको विषयलाई लिएर सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरूले मंगलबार दिउँसो गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए । त्यसैक्रममा आन्दोलित विद्यार्थीहरूले मोटरसाइकलमा आगजनी गरेपछि झडप भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीहरू प्रहरीमाथि ढंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको हो । ढुंगामुढाबाट आधा दर्जन प्रहरी घाइते भएको बताइएको छ ।

अहिले त्यहाँको अवस्था सामान्य भइसकेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।