• फाल्गुन २६ २०८२, मंगलवार

जी–२० सम्मेलनअघि अमेरिकी राष्ट्रपति पत्नीलाई कोरोना संक्रमण

भाद्र १९ २०८०, मंगलवार

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन जी–२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै कोरोना सङ्क्रमित भएकी छन् ।

यद्यपि राष्ट्रपति बाइडेनको कोभिड–१९ परीक्षण नेगेटिभ आएको छ । अमेरिकाकी प्रथम महिलाकी सञ्चार निर्देशक एलिजाबेथ अलेक्जेन्डरले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकी हुन् ।

जिल बाइडेनमा हाल कोभिड–१९ को हल्का लक्षणहरू देखिएको बताइएको छ। उनी डेलावेयरको घरमै बस्नेछिन्।