• मंसिर १२ २०८१, बुधबार

पत्थरी किन हुन्छ ?

भाद्र १८ २०८०, सोमबार

पछिल्लो समय पत्थरीबाट धेरै मानिस ग्रसित छन् । यसबाट बच्न हामीले जीवनशैलीमा सुधार ल्याउनुपर्ने हुन्छ । त्यस्तै, खानपानमा विशेष ध्यान दिनुपर्छ ।पत्थरी हुने प्रमुख कारण
– पानीको मात्रा कम हुँदा
– जन्मजात रूपमै मेटाबोलिजमको असन्तुलन देखिनु
– हाइपरथाइराइडिजम
– उच्च तौल तथा मोटोपन
– उच्च रक्तचाप तथा मधुमेह
– आनुवंशिक  उपचार विधि

पत्थरीको साइज र कुन ठाउँमा छ, त्यो पत्ता लगाउनुपर्दछ । यदि सानो छ भने पानी पर्याप्त खाएमा अप्रेसन गर्नुपर्दैन । ठूलो छ, मिर्गौलामा असर गरेको छ भने तुरुन्तै अप्रेसन गर्नुपर्ने हुन्छ ।

खासगरी, पत्थरीको उपचारमा अप्रेसन, लिथोट्रिप्स आदि विधि अपनाइन्छ । अप्रेसन गरेपछि महिलामा पुनः यसको समस्या देखिन पनि सक्छ । पित्तथैलीको पत्थरीका लागि भने अप्रेसन गरी थैली नै निकालेर फालिन्छ । औषधिबाट मात्र पनि पत्थरीको उपचार सम्भव छ । यसको प्रभावलाई कम गर्न हामीले यी विषयमा ध्यान दिनुपर्छ :

– दैनिक व्यायाम गर्ने ।
– पानी प्रशस्त पिउने ।
– धेरै बेरसम्म पिसाब नरोक्ने ।
– वेलावेलामा स्वास्थ्य परीक्षण गर्ने ।

के खाने ?
पत्थरीको समस्या भएकाले खानपानमा विशेष ध्यान पुर्‍याउन आवश्यक हुन्छ । बिउयुक्त फल तथा तरकारी खानुपर्छ । गोलभेँडा, भन्टा, अंगुर, काजु, बदाम, मेथी आदिको सेवन गर्नुपर्छ । यसका बिरामीले मदिरा, कफी, चकलेटलगायतका सामग्री भुलेर पनि प्रयोग गर्नुहुँदैन ।