• मंसिर १७ २०८१, सोमबार

आकाशबाट माछा किन र कसरी बर्सिन्छन् ?

भाद्र १८ २०८०, सोमबार

यदाकदा हामीले आकाशबाट माछा वर्षिएको समाचार सुनेका छौं ।

हावाको चाप कम भएको स्थानमा बढी चाप भएका क्षत्रबाट तीब्र गतिले हावा बहन्छ ।
तीब्र गतिले हावा बढ्दै जाँदा दायाँ बायाँ र अगाडिबाट आईरहेको त्यस्तै शक्तिशाली हावासँग ठोकिएर फर्कन रोज्छ । यसरी बिपरीत दिशाबाट आएका हावाले जोडसँग धकेल्दा उक्त ठाउँमा भुमरी पर्छ । हिंडडुल गर्दा जमिनको धुलो,कपडा तथा कागजका टुक्र,रुखका पात निकै माथिसम्म पुग्छन् । हावाको वेग जब कम हुन्छ तब ती सबै विस्तारै जमिनमा खस्छन् । ठूलठूला भुमरी पर्दा अक्सर आँधी बेहेरी चली उड्ने,मेघ गर्जने,र सिमसिम पानी पर्ने हुन्छ । त्यसैबेला कही कतै आकाशबाट माछा वर्षेको हामीले सुनेका वा देखेका छौं ।
भुमरी समुद« , ठुला ताल रर पोखरीहरुमा पनि पर्छ । अति शक्तिशाली त्यो भुमरीले पानीको माथिल्लो भाग छोएपछि पानीको सतह घुम्छ घुमाइको शक्ति भित्री पिंधमा ठोकिएर भुमरी जोडले हुतिएर माथिसम्म आउँछ । त्यसबेला भुमरीले माछा, भ्यागुता,स–साना कीराहरु लिएर आएको हुन्छ । त्यसलाई हावाले उडाएर आकाशसम्म पु¥याउँछ । अनि भुमरीको शक्ति कम भएपछि माछा लगाएत किराहरु जमिनमा खस्छन् ।