• असार १ २०८२, आईतवार

८ महिनामा २ लाख ८० हजार युवा रुसी सेनामा भर्ती भए

भाद्र १७ २०८०, आईतवार

मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रुसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् ।

सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन् । युक्रेनसँगको आक्रामक कारबाही १९औँ महिनामा चलिरहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षित गर्ने प्रयास गरिएको उनले बताए । उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको उल्लेख गरे ।

रुसी सेनाले अनलाइन र त्यहाँका सडकहरूमा व्यापक विज्ञापन गरेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ । सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभदेवले युक्रेनमाथि आक्रमणको समर्थन गर्दै आएका छन् ।