• मंसिर १४ २०८१, शुक्रबार

‘आइएमई पे’मा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

भाद्र १७ २०८०, आईतवार

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तिय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब सो बैंकका सेवाग्राहीहरुले बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।

‘आइएमई पे’ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धिधत सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।