• असार १ २०८२, आईतवार

विवादकाबीच बालेन दम्पतीलाई पुत्री लाभ

भाद्र १७ २०८०, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पुत्री लाभ भएको छ । शाहकी पत्नी सबिना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन् ।

सनिवार आफ्नै गाडीमा श्रीमतीलाई अस्पताल लैजाँदा सरकारी गाडी चलाएको भन्दै ट्राफिकले चेकजाँच गर्दा बालेन रिसाएर सिंहदरवारमा आगो लगाइदिन्छु भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको विरोध भइरहेका बेला उनलाई पुत्री लाभ भएको छ ।