• असार २ २०८२, सोमबार

पेप्सीकोला सडकखण्डमा बसको ठक्करबाट ७ जना घाइते

भाद्र १७ २०८०, आईतवार

काठमाडौं । पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।

दुर्घटना आज बिहान करिब ७ः४५ बजेतिर भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घाइतेहरुको  उपचार मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा भइरहेको काँडाघारी प्रहरीले जानकारी दिएको छ । ।