• असार २ २०८२, सोमबार

प्रतिरोधको दाङ जिल्ला संयोजकमा अमृत विश्वकर्मा

भाद्र १६ २०८०, शनिबार

भाद्र, १६, घोराही । राष्ट्रियता, जनअधिकार, जनजीविका र सामाजिक न्यायका मुद्धाहरुमा क्रियाशील संगठन प्रतिरोधको प्रथम जिल्ला भेला घोराहीमा सम्पन्न भएको छ ।

भेलामा बोल्दै प्रतिरोधका केन्द्रीय संयोजक प्रमोद धितालले यतिखेर नेपालको वाम आन्दोलन इतिहासमै सबैभन्दा बढि वैचारिक संकटको बिचबाट गुज्रिरहेको र त्यसको प्रभाव राष्ट्रियता, जनताका अधिकार र जनजिविकाका सवालहरुमा पनि परेको बताउनुभयो ।

प्रतिरोधी चिन्तन, विचार र संस्कृतिको ठाउँमा सम्झौतावादी प्रवृत्ति हावी भएर गएकाले यतिखेर एक्लै भएपनि सत्य र न्यायपूणर् विचारको पक्षमा उभिनु नै सच्चा वामपन्थीहरुको प्रमुख दायित्व भएको कुरामा जोड् दिनुभयो । साथै प्रतिरोध विद्यमान कुनै पार्टीको लाइन या विचार बोकेर हिंड्ने भन्दा पनि शोषित पीडित जनताको विचार र सामाजिक न्यायका मुद्धामा काम गर्ने संगठन भएको बताउनुभयो ।

त्यसैगरि भेलालाई शुभकामना मन्तब्य दिने क्रममा ने.क.पा.(मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारीले विचारको संकट यतिखेरको मुख्य संकट भएका कारणले श्रमजीवी वर्गको विचार ओझेलमा परेको बताउनुभयो । उहाँले विश्व कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा आमूल परिवर्तनको अगुवाई गर्ने नेतृत्व, संगठन र आन्दोलनको निर्माण पनि सुरुमा सानो आकारबाटै भएको प्रसंग निकाल्दै प्रतिरोध जस्ता संगठनहरु आकारको हिसाबले आज सानो भएपनि सही विचार, नेतृत्व पाएमा र जनताको पक्षमा उभिँदै जाँदा र सफल हुने बताउनुभयो ।

कार्यक्रममा सोही पार्टीका जिल्ला सचिव रामबहादुर जि.एम.ले यतिखेर मूलधारका भनिएका राजनीतिक पार्टीहरु सत्ता टिकाउन साम्राज्यवादीहरुको स्वार्थका गोटी बनेको र जनताका अधिकारहरु दिनानुदिन कम्जोर हुँदै गइरहेको अवस्थामा जनपक्षीय शक्तिहरु एकठाउँमा उभिनुपर्ने बताउनुभयो ।

त्यसैगरि भेलालाई शुभकामना मन्तव्य दिंदै ने.क.पा.(एकीकृत समाजवादी)का दाङ जिल्ला उपसचिव सूर्य वि.सी.ले प्रतिरोधले उठाएका सामाजिक न्यायका मुद्धाहरु अरु सबैले उठाइरहेका समाजका मुद्धा भएका कारणले साथ दिनुपर्ने बताउनुभयो ।

भेलाले दुई सदस्य पछि थप्नेगरि अमृत वि.क.संयोजक रहेको सात सदस्यीय जिल्ला समित निर्माण गरेको छ । भेला पश्चात बसेको पहिलो बैठकले संगठनको अवधारणा र नीतिमा आधारित रही संगठन निर्माण, जनसरोकारका विभिन्न विषयहरुमा केन्द्रित रही अन्तक्र्रिया, विचार गोष्ठी लगायत अन्य गतिविधिहरु संचालन गर्दै जाने निणर्य गरेको छ । अमृत वि.क.को अध्यक्षतामा भएको भेलाको सञ्चालन रीता सुवेदीले गर्नुभएको थियो ।