• माघ १८ २०८१, शुक्रबार

काठमाडौंका सडकमा साइकल चलाउने वातावरण नै छैन : कलाकार हरिवंश आचार्य

भाद्र १६ २०८०, शनिबार

काठमाडौं । कलाकार हरिवंश आचार्यले पैदलयात्री, साइकलयात्री र ह्वीलचियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन् । शनिबार काठमाडौं आयोजित ‘सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला’मा उनले सहरको नीति निर्माणमा साइकलयात्रा र ह्वीलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्नेमा जोड दिए ।

काठमाडौंका सडकहरूमा साइकल चलाउने वातावरण नभएको उनले बताए । मानव स्वास्थ्यका लागि साइकलयात्रा उपयुक्त हुने आचार्यको भनाइ छ ।

साइकलले प्रदूषण घटाउने र डिजेल-पेट्रोलका साधनले प्रदूषण बढाउने उनले उल्लेख गरे । सडकमा साइकल लेन छुट्ट्याउन कन्जुस्याइँ गरिएको उनले बताए । आफूसँग साइकल चलाउने सीप भए पनि ठाउँको अभाव हुँदा समस्या भएको उनले सुनाए ।

कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठले यात्रीमैत्री सडक हुनुुपर्ने बताए । सडक सवारीसाधनको मात्र नभएको भन्दै उनले पैदलयात्री, साइकल र ह्वीलचियरयात्रीका लागि पनि भएको उल्लेख गरे ।