काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागढुंगा प्रभावित क्षेत्रका जनतालाई ७ दिनभित्र राहत दिन नागढुंगा सुरुङ मार्गका प्रमुखलाई निर्देशन दिएका छन् । जनतासँग माओवादी विशेष अभियानका क्रममा चन्द्रागिरि-२ पुगेका प्रचण्डलाई आयोजना प्रभावित क्षेत्रका जनताले कुनै राहत नपाएको गुनासो पोखेपछि उनले फोनमार्फत् सो निर्देशन दिएका हुन् ।
अभियान कार्यक्रमस्थलबाटै बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मालाई फोन गर्न लगाएर उनले सात दिनभित्र रिपोर्ट पेश गर्न प्रमुख नवीनमान श्रेष्ठलाई निर्देशन दिएका हुन् ।
‘हेलो नवीनजी म जनताको बीचबाट बोल्दैछु । सुरुङ मार्गबाट प्रभावित जनताले राहत नपाएको गुनासो गरेका छन् । वास्तविकता के हो सुझावसहित ७ दिनभित्र प्रतिवेदन पेश गर्नुहोला । बाँकी कुरा भेटमा गरौँला’, उनले फोनमा निर्देशन दिँदै भने ।