• मंसिर १२ २०८१, बुधबार

प्रोष्टेट क्यान्सर सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

भाद्र १६ २०८०, शनिबार

काठमाडौं । ललितपुरमा प्रोष्टेट क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ युरोलोजिस्ट डा.महेशबहादुर अधिकारीले सहभागिहरुलाई प्रोष्टेट क्यान्सर र यसबाट बच्ने उपाय सम्बन्धि प्रशिक्षण दिए ।

जावलाखेलस्थित रिडी लाउन्जको सभाहलमा भएको कार्यक्रममा व्यवसायी कर्ण शाक्य, डा.विपिन महर्जन, डा. रविकिरण गौतम, डा. प्रशान्त मिश्र र रिडी ग्रुपका अध्यक्ष मानबहादुर बुढा लगाय दर्जनौं सहभागि उपस्थित थिए ।

कार्यक्रममा मानबहादुर बुढाले सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्य बारे जानकारी गराएका थिए । कार्यक्रममा क्यान्सर जितेका नेपालका चर्चित व्यवसायी कर्ण शाक्यले मोटिभेसनल प्रशिक्षण दिए ।

त्यस्तै डा.महेशबहादुर अधिकारीले प्रोष्टेट स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रमको अध्यक्षता मानबहादुर बुढाले गरेका थिए भने झकेन्द्र घर्तीमगरले कार्यक्रम सञ्चालन गरेका थिए ।