• असार १ २०८२, आईतवार

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

भाद्र १५ २०८०, शुक्रबार

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मा घिमिरेविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

शर्मालाई यहि भाद्र १० गते बसेको न्याय परिषद्‌को बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। उनको नाम गत वर्ष पनि न्यायाधीशका लागि सिफारिस भएको थियो।

संसदीय सुनुवाइ हुन नसकेका कारण त्यतिबेला उनको नियुक्ति प्रक्रिया अघि बढेको थिएन। संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी सर्वोच्चको न्यायाधीश नियुक्त हुनेछन्।