• फाल्गुन २६ २०८२, मंगलवार

चीनमा दुर्लभ सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण

भाद्र १५ २०८०, शुक्रबार

काठमाडौं । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत् चुच्चो प्रत्यारोपण गरिएको छ।

ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ। चुच्चोको सफल शल्यक्रिया गरेका झु बाओगुङ होङ्गेले यो ओरिएन्टल सारसलाई बचाउनको लागि आफूहरुले धेरै विकल्पहरुबारे विचार गर्नुपरेको बताए।

उनले सारसलाई सकेसम्म चाँडो कृत्रिम चुच्चो उपलब्ध गराउनु उचित हुने ठानेर सोही अनुससार नक्कली चुच्चो प्रदान गरेको बताए। चरालाई उपचार पछि जंगलमा छोडिएको छ। यो चराहरुमा विशाल पाण्डा भनेर पनि चिनिन्छ। प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघले यो सारसलाई दुर्लभ चराको रुपमा सूचिबद्ध गरेको छ।