काठमाडौं । चीनले नेपालको चुच्चे नक्साबिना आफ्नो देशको नक्सा सार्वजनिक गरेको विरोधमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज हुने भनेको चीन भ्रमण रद्द गरेका छन् ।
सामाजिक सञ्जालमाफर्त् मेयर साहले चीन भ्रमण रद्द भएको जानकारी दिएका हुन् । साहले चीनले नेपाललाई नसोधी नेपालको भूमि भारतमा रहेको देखाउनु हाम्रो संवेदनशीलतामाथी गलत कदम चालेको भनेका छन् ।
यस्तो छ बालेनको स्टाटस् :
‘नेपालीको लागि हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’