• मंसिर १४ २०८१, शुक्रबार

बाख्रा पालन कार्यक्रमको बजेटमा भ्रष्टाचार गरेको भन्दै नगर प्रमुखसहित ८ जना विरुद्द मुद्दा लाएर

भाद्र १३ २०८०, बुधबार

सप्तरी । नगर प्रमुख सप्तरीका बोदेबर्साइन नगरपालिकाका मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बोदेबर्साइन नगरपालिका मेयर आतेशकुमार सिंह, निमित्त प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोजकुमार मण्डल र तत्कालीन वडाध्यक्ष रामानन्द चौधरीसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ७१ हजार ९२१ बिगो माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले आव २०७७र७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि बजेट विनियोजन भई उक्त नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी झुला बिल पेश गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

अख्तियारले वडा नम्बर ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गरेकोमा झुट्टा बिल बनाई भ्रष्टाचार गरेको भन्ने उजुरी अनुसन्धान हुँदा दोषी पाइएकाले उनीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको जनाएको छ ।