• असार १ २०८२, आईतवार

बालकृष्ण खाणलाई भेट्न शशांक किन पुगे केन्द्रीय कारागार ?

भाद्र १३ २०८०, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय कारागार सुन्धारा पुगेर बुधबार भेटेका छन्।

बुधबार बिहान सवा १० बजे केन्द्रीय कारागार पुगेका उनले करिब एक घण्टासम्म खाणसँग कुराकानी गरेको बताइएको छ। यसअघि कांग्रेस नेता शेखर कोइराला पनि खाणलाई भेट्न केन्द्रीय कारागार पुगेका थिए ।

संस्थापन पक्षका शक्तिशाली नेता मध्येका एक खाणलाई भेट्न अहिले दैनिकजसो केन्द्रीय कारागारमा कांग्रेसका नेताहरुको बाक्लो आउजाउ हुने गरेको छ । पछिल्लो समय गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी धेरै जसो भेट्न जानेमा पर्छन् । साथै महेन्द्र यादव भने नियमित भेट्नेमा पर्छन् ।