काठमाडौं । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणको किर्ते मुद्दामा काठमाडौं जिल्ला अदालतले ५ जना अभियुक्तको बयान लिएको छ।
अदालतमा सोमबार र मंगलबार गरेर ५ जनाको बयान गराइएको स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए । जिल्ला अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित शिवजी भट्टराई, इन्द्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजाको बयान सकेको छ।
वुधबार ४ जनाको बयान लिने अदालतको तयारी छ। न्यायाधीश भोलानाथ ढकालको इजलासमा बुधबार धवनकुमार कार्की, गोपाल कार्की र विनोद प्रसाद पौडेलको बयान सुरु भएको स्रेस्तेदार ज्ञवालीले बताए।
बाँकी अभियुक्तको शुक्रबार र आइतबार बयान गराएर थुनछेक बहस सुरु गर्ने जिल्ला अदालतको तयारी छ। जिल्ला अदालतले बयानपछि थुनछेकका लागि १ साताको समय लाग्ने अनुमान गरेको छ।