काठमाडौं । अर्लिङ हालाण्डले इंग्लिस प्रिमियर लिगको ‘बेस्ट प्लेअर अवार्ड’ जितेका छन्। प्रिमियर लिगको गति सिजनको प्रदर्शनका आधारमा हालाण्डलाई बेस्ट प्लेअर अवार्ड दिइएको हो।
नर्वेका २३ वर्षीय फरवार्डले गत सिजन सबै प्रतियोगितामा गरेर ५२ गोल गरेका छन्। बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डबाट गत सिजनमात्रै इंग्लिस क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए।
उनले आफ्नै टिमका सहकर्मीहरु केभिन डी ब्रुयना, जोन स्टोनस, आर्सनलका बुकायो शाका मार्टिन ओडिगार्ड र टोटनहाम (हाल बार्यन म्युनिख) का ह्यारी केनलाई पछि पार्दै उपाधि जितेका हुन्। गत सिजन हालाण्डको उत्कृष्ट प्रदर्शनमा सिटीले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी ट्रिबेल उपाधि जितेको थियो।
अवार्ड जितेपछि हालाण्डले भने, ‘यो प्रतिष्ठित अवार्ड जित्नु सम्मानको कुरो हो। मलाई समर्थन गर्ने र भोट गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’