• असार १ २०८२, आईतवार

समाजवादी मोर्चाको आज धनगढीमा हुने भनिएकाे सन्देश सभा स्थगित, कारण एमसीसी

भाद्र १३ २०८०, बुधबार

काठमाडौं । समाजवादी मोर्चा नेपालको आज धनगढीमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ । आज विहान बालुवाटारमा बसेको मोर्चाको अध्यक्ष मण्डलको बैठकले उक्त कार्यक्रम रोक्ने तर मोर्चा कायम नै रहने सहमति भएको हो ।

एमसीसी पारित गर्दा भएको ‘व्याख्यात्मक घोषणा’ को विषयमा आजसम्म अमेरिकी सरकार र एमसीसी परियोजनाको कार्यालय मौन बस्नु, जनदबाब बढ्दै गएपछि हिजो साँझ मात्र अमेरिकी दूतावासले मुख खोल्नु र सो सम्बन्धमा औपचारिक पत्र नलेख्नुले परिस्थिति थप जटिल देखिन्छ ।

सरकारी सुत्रले दिएको सूचना अनुसार सरकारले एमसीसी परियोजना कर्मचारी तहमा प्रवेश गरिसकेका कारण सरकारले चाहेर पनि रोक्न सक्ने स्थिति छैन ।

विप्लव नेकपा केन्द्रीय कार्यालयले दिएको सूचना अनुसार ‘सरकारका जटिलता र व्यापक जनदबाब’को कारण सन्देश सभा रोक्नुपर्ने परिस्थिति बनेको हो । नेकपा महासचिव विप्लवले एमसीसी परियोजना कार्यान्वयन नरोकेसम्म सन्देश सभा लगायत कार्यक्रममा सहभागी नहुने बताएका थिए ।