• आश्विन १३ २०८१, आईतवार

बढी नून खानु खतरनाक

भाद्र १३ २०८०, बुधबार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आवश्यकताभन्दा बढी नून खानुलाई खतरनाक भनेको छ । संगठनको रिपोर्टअनुसार बढी नून खानु ज्यानमारा हुनसक्छ । यसले विभिन्न खाले रोगलाई निम्त्याउने संगठनको चेतावनी छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्म खानामा ३० प्रतिशत नून कम गर्ने लक्ष्य लिएको छ । विश्वका ९ देशले नून सम्बन्धी विशेष नियत बनाएका छन् ।

ब्राजिल, चिली, चेक गणतन्त्र, लिथुआनिया, मलेसिया, मेक्सिको, साउदी अरब, स्पेन र उरुग्वेले खानामा नूनको मात्रा घटाउन विशेष नियम बनाएका छन् ।

रिपोर्टअनुसार समयमै अन्य देशले पनि नूनको सेवन रोकथाम नगरे लाखौं व्यक्तिमा विभिन्न प्रकारका रोग देखिन सक्नेछन् । बढी नून सेवनबाट हृदयघात, मष्तिस्कघात, मिर्गौलाको संक्रमण जस्ता रोग देखिन्छन् ।- एजेन्सी