• असार १ २०८२, आईतवार

अबदेखि चीन जाने पर्यटकहरुको कोरोना जाँच गर्न नपर्ने

भाद्र १२ २०८०, मंगलवार

काठमाडौं । अगस्ट ३० देखि चीन भ्रमणमा जाने पर्यटकहरुका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु नपर्ने भएको छ । सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३० बाट चीन जाने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने बताए ।

२०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखा परेको थियो । चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए ।

२०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा अहिले पनि देखा पर्दै आइरहेको छ । सोमबार पत्रकार सम्मेलनमा उनले अगस्ट ३०, २०१९ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताए । सिन्ह्वा