• असार १ २०८२, आईतवार

एमसीसी विरुद्ध भित्तेलेखन गरिरहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका ३ नेता पक्राउ

भाद्र ११ २०८०, सोमबार

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन जना नेतालाई प्रहरीले पक्राउ गरेको छ  ।  काभ्रेको बनेपामा एमसीसीको खारेजी, भ्रष्टाचारीमाथि कारबाही र महँगी नियन्त्रणको माग गर्दै भित्तेलेखनमा संलग्न रहेका सो पार्टीका महाधिवेशन आयोजक समिति सदस्य ढोगप्रसाद उपाध्याय, प्रदेश समिति सदस्यद्वय अशल मोक्तान र प्रदीप अस्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रहित र जनसरोकारका मागलाई लिएर शान्तिपूर्ण तरिकाले भित्तेलेखनमा संलग्नलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको भन्दै पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी यसको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दछ र गिरफ्तार हुनुभएका कमरेडहरुलाई अविलम्ब रिहाइ गर्न सरकारसँग माग गर्दछ ।’

सो पार्टीले एमसीसीसहित भ्रष्टाचार र महँगी लगायतका विषयमा विरोध प्रदर्शन गर्दै आएको छ ।