• असार १ २०८२, आईतवार

डोल्पामा कार्यरत नेपाली सेनाका गुल्मपति विमल पण्डित सम्पर्कविहीन

भाद्र ११ २०८०, सोमबार

काठमाडौं । डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् । गएरातिदेखि पण्डित सम्पर्कबिहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले पुष्टि गरेका छन् ।

‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनु भएको हुँदा हिजोदेखि सम्पर्कमा नआउनु भएको खबर आएपछि खोजीमा टोली परिचालन गरेका छौं’, उनले भने, ‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ ।’