• जेष्ठ ३२ २०८२, शनिबार

सन्दीपविरुद्धको बलात्कार मुद्दाको अर्को पेसी २१ भदौमा

भाद्र १० २०८०, आईतवार

काठमाडौं । नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ।

आइतबार अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पाँचौं नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो।

सुनुवाइ स्थगित भएसँगै एसिया कपका लागि उनको पाकिस्तान यात्रा तय भएको छ। उनी भोलि (सोमबार) नै पाकिस्तान जाने बताइएको छ।

उनको अर्को पेसी भदौ २१ गते तोकिएको छ। १३ गतेदेखि हुने एसिया कपमा लामिछाने नेपाली टोलीमा छन्। नेपाली टोली यसअघि नै पाकिस्तान गइसकेको भए पनि सन्दीप मुद्दाका कारण यतै रोकिएका थिए। सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले सन्दीपविरुद्धको मुद्दाको पेसी २१ गते तोकिएको जानकारी दिए। यससँगै सन्दीपले पाकिस्तान जाने तयारी गरिरहेको उनले बताए।