• जेष्ठ ३२ २०८२, शनिबार

डोजर लिएर बालेन पुगे धोबीखोला, भत्काउँदै अवैध संरचनाहरु

भाद्र १० २०८०, आईतवार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई कायम राखेको छ । सोहीअनुसार अनामनगर क्षेत्रको धोबीखोला छेउमा रहेका घरहरूको नक्साविपरीतका संरचनाहरूमा आइतबार महानगरले डोजर चलाएको हो ।

मेयर बालेन्द्र साह महानगरको मेयरमा निर्वाचित भएसँगै महानगरले अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ । महानगरले यसअघि काठमाडौँका विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान चलाइसकेको छ ।