• जेष्ठ ३२ २०८२, शनिबार

सुन प्रकरणका कुनै सूचना र प्रमाण भए उपलब्ध गराउन सीआईबीको आग्रह

भाद्र ९ २०८०, शनिबार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन प्रकरणका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए ब्यूरोमा पठाएर सहयोग गर्न अनुरोध गरेको छ।

ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले त्यस्ता सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्षरुपमा आई उपलब्ध गराउन वा इमेलमार्फत पनि पठाउन सकिने बताए। सूचनाले अपराध अनुसन्धानमा सहयोग गर्ने पनि उनले बताए।

यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने पनि उनकाे भनाइ छ। उहाँका अनुसार सुनका विषयमा कसैसँग केही सूचना, तथ्य वा प्रमाण भएमा यस ब्यूरोको इमेल ठेगाना ९८५१२९१३११ मा पठाउन वा सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ मा जानकारी दिन सकिने उल्लेख गरिएको छ।

विभिन्न गिरोहले अवैधरुपमा भन्सार छली ल्याएको सुन प्रकरणका सम्बन्धमा केही दिन यता विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित भएका समाचारका सम्बन्धमा ब्यूरोको ध्यानाकर्षण भएको पनि ब्यूरोले जनाएको छ।