• आश्विन १२ २०८१, शनिबार

यो वर्षको वर्षा कहिलेसम्म चल्छ, कम पानी पर्छ भन्ने मौसमविद्को अनुमान कति मिल्ला ?

भाद्र ९ २०८०, शनिबार

काठमाडौं । चार महिनाअघि मौसमविद्हरूले नेपालमा विगतको तुलनामा कम वर्षा हुने प्रक्षेपण गरेका थिए । धेरैले मौसमविदहरुले भनेको कुरा पत्याए । मौसमविद्कै भनाई अनुसार मनसुन सुख्खा हुन्छ भन्ने चिन्ता थियो । साथै सो असर खाद्य तथा कृषि वालीमा पनि पर्न सक्ने अनुमान थियो ।

जेठको अन्तिम साता नेपालमा मनसुन भित्रियो। त्यसयता पटकपटक झरी परिरहेको छ। यस वर्ष सुख्खा नै रहन्छ भन्ने जे अनुमान थियो त्यो मिलिरहेको छैन । देशको धेरै ठाउँमा वर्षासँगै बाढी र पहिरोले धनजनको क्षति भइरहेको छ । हवाइ, सडक यात्रा धेरै ठाउँ प्रभावित भएका छन् ।

मौसमविदहरुले प्रक्षेपण गरे अनुसार नेपालमा यो पटक वर्षा बढी भएको हो कि कम ? भन्ने प्रश्न उठिरहेको छ । नेपालमा मनसुन मध्यजुनमा (जेठ अन्तिमतिर) प्रवेश गरेर अक्टोबरको पहिलो साता (मध्यअसोज) तिर बाहिरिन्छ। यो पटक पनि लगभग सोही हाराहारीमा अक्टोबर पहिलो साताबाट मनसुन बाहिरिने आँकलन गरिएको छ । विगतको वर्षहरुलाई हेर्दा पनि मौसमविद्हरुले सोही समय आसपास भएर मनसुन बाहिरिने बताएका छन् ।

नेपालमा मनसुन भित्रिएसँगै बिहिबारसम्म १ हजार १ सय मिलिलिटर बढी वर्षा भइसकेको छ । यस अबधिमा सरदर १ हजार ४ सय ७२ मिलिलिटर वर्षा हुने गरेको विगतको तथ्यांकले देखाउँछ । सो भन्दा घटी वा बढी वर्षा हुनुलाई औसत मानिन्छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार ‌तोकिएको भन्दा १० प्रतिशत बढी वा कम पानी पर्नुलाई “सुक्खा” मनसुन भन्न सकिन्छ ।

पानी धेरै पर्यो वा कम पर्यो भन्ने विषयमा अहिले नै भन्न नसकिने अर्का मौसमविद् राजन अधिकारी बताउँछन् । मनसुन अझै बाँकी भएकाले अहिले नै निष्कर्षमा पुग्नु उचित पनि होइन, अधिकारीले भने ,अक्टोबरको दोस्रो सातासम्म निष्कर्षमा पुग्न सकिन्छ ।’

केही समयअघि मुस्ताङको कागबेनीमा आएको बाढीकै कारण पानी बढी आएको हो भन्नु गतल हुने उनको भनाई छ । मौसमको फेरबदल नेपालमा मात्रै नभई विश्वमै परेको छ । अमेरिका, युरोपेली मुलुक लगायतको देशमा पनि मौसम प्रणाली परिवर्तन भइरहेको छ । मौसम प्रणालीमा परिवर्तन र जलवायु परिवर्तनको असर हिमाली जिल्ला मुस्ताङको कागबेनीमा परेको भन्न सकिने विज्ञहरुको मत रहेको छ । बढ्दो तापमानको असर हिमाली क्षेत्रमा हिउँ नपर्नु र भारी वर्षा हुँदा बाढी आउनु स्वभाविक भएको विज्ञको भनाई छ ।

मौसममा कहिले सुधार आउला?
अहिले नेपालका विभिन्न स्थानमा केही दिनदेखि निरन्तर पानी परिरहेको छ। केही दिनदेखि देशभर मनसुनको प्रभावका कारण निरन्तर झरी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखाका कारण त्यसो भएको हो। उक्त रेखा आफ्नो स्वाभाविक स्थानभन्दा उत्तरतिर छ। मौसमविद्हरूका अनुसार भारतको उत्तर प्रदेशको पश्चिमोत्तर क्षेत्रमा अवस्थित न्यून चापीय प्रणाली पनि नेपालतर्फ सर्दै आइरहेको छ। न्युन चापीय रेखा नेपालतर्फ सर्दा मौसममा बदली भइ चरणबद्ध रुपमा वर्षा भइरहेको छ । यो क्रम आउँदो अक्टोबरसम्म रहन सक्ने मौसमविद्हरुको भनाई छ ।