काठमाडौं। साविक इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले रेनसका विंगर जेरेमी डोकुलाई अनुबन्धन गरेको छ। बेल्जियमका २१ वर्षीय युवा स्टार डोकुलाई सिटीले पाँच वर्षका लागि क्लबमा भित्राएको हो।
गत सिजन ट्रेबल विजेता सिटीले फ्रेन्च क्लबमा खेलिरहेका डोकुलाई ५५.४ मिलियन पाउन्डमा क्लबमा भित्र्याएको हो। उनले बेल्जियमबाट १६ खेल खेलेका छन्।
अनुबन्धन पछि उनले भनेका छन्, ‘यो मेरो लागि व्यक्तिगत र व्यावसायिक रूपमा नै निकै महत्त्वपूर्ण दिन हो। सिटी विश्वकै उत्कृष्ट क्लब हो। यसको हिस्सा हुन पाउँदा निकै खुसी छु।’