• मंसिर १२ २०८१, बुधबार

हरियो खुर्सानी खानुका फाइदा

भाद्र ८ २०८०, शुक्रबार

खुर्सानीको नाम सुन्ने वित्तिकै जो कोहीको दिमागमा पिरोको याद आउँछ । धेरै पिरो खानु स्वास्थ्यका लागि फाइदा हुँदैन । चिकित्सकहरु पनि चिल्लो, पिरो, अमिलो धेरै खान नहुने बताउँछन् ।

तर पनि खुर्सानीले स्वास्थ्यलाई फाइदा र्पुयाउँछ भन्ने विषयमा सवैलाई जानकारी नहुन्छ सक्छ ।  हरियो खुर्सानी अझ बढी फाइदा जनक हुन्छ । हरियो खुर्सानी धेरैले खानासँग रुचाउँछन् । हरियो खुर्सानीको स्वाद मात्रले पनि मानिसलाई भोक जगाउने गर्दछ ।

हरियो खुर्सानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । दैनिक खानामा सीमित मात्रामा हरियो खुर्सानी खाने हो भने यो स्वास्थ्यलाई लाभ र्पुयाउने गर्दछ । हरियो खुर्सानी खानुको फाइदा यस्ता छन्–

– दैनिक सीमित मात्रामा हरियो खुर्सानीको सेवन गर्नाले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउछ ।

– खुर्सानीको सेवन गर्ने ब्यक्तिमा नाकको रक्तसञ्चार, रुघा वा पिनासको समस्या कम हुन्छ ।

– हरियो खुर्सानीको सेवनले शरीरमा गर्मी बढाई चिसोबाट बचाउछ । साथै दुखाई पनि कम गर्छ ।

– हरियो खुर्सानीले शरीरमा कमी भएको भिटामिन ‘सी’को मात्रालाई बढाई शरीर स्फुर्त राख्दछ ।

– इन्जाइम बढाउन, मानिसको स्वभाव परिवर्तनमा नियन्त्रण पाउन समेत खुर्सानी उपयोगी छ ।

– ब्लड सुगर नियन्त्रण गरी शरीरमा सुगरको मात्रा सन्तुलन राख्न हरियो खुर्सानी लाभदायक छ ।

– शरीरमा आइरनको कमी हुनेले हरियो खुर्सानीको सेवन गरे यसले आइरनको परीपूर्ति गर्छ ।

– आँखा कमजोर भएकाहरुले खानामा हरियो खुर्सानीको सेवन गरे बिस्तारै आँखा तेजिलो हुन्छ ।

– छालाको संक्रमण र बाहिरी रोगको प्रभाव रोक्न समेत हरियो खुर्सानीको सेवन उपयोगी मानिन्छ ।

– चोट वा घाउ लाग्दा हुने रक्तश्राव रोक्न समेत हरियो खुर्सानीको सेवन लाभदायी हुन्छ ।

– हरियो खुर्सानीमा हुने बेटा क्यारोटिनले हृदयरोगबाट समेत बचाउँछ ।