• जेष्ठ ३२ २०८२, शनिबार

सद्भाव र्याली निकाल्ने तयारी भएको भन्दै धरानका ४ पूर्व नगरप्रमुखहरुले विज्ञप्ति निकालेर किन यस्तो भने ? हेर्नुहोस् विज्ञप्ति

भाद्र ७ २०८०, बिहीबार

धरान । सुनसरीको धरानमा उच्छृंखल गतिविधि बढ्न थालेपछि चार जना पूर्वमेयरहरूले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन् ।

आज चारजना पूर्वमेयरहरू तिलक राई, मनोजकुमार मेन्याङ्बो, कुमारबहादुर कार्की र मिनकुमार सुब्बाले संयुक्त अपिल जारी गर्दै सद्भाव कायम राख्न आह्वान गरेका हुन् ।

धरानमा शुक्रबार सद्भाव र्याली निकाल्ने तयारी भएको छ । धरानमा पछिल्ला दिनहरूमा सामाजिक सद्भाव खल्बलिने गरी गतिविधि बढेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।