• मंसिर ७ २०८१, शुक्रबार

चन्द्रयान-३ अवतरणसँगै भारतले रच्यो नयाँ इतिहास

भाद्र ६ २०८०, बुधबार

काठमाडौं । भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण भएको छ। चन्द्रमामा आफ्नो यान उतार्दै भारतले एक नयाँ इतिहास रच्न सफल भएको हो ।

यसअघि विश्वका महाशक्ति राष्ट्र अमेरिका रुस र चीन असफल भएका थिए । तर भारतले यो पटक सफल अवतरण गर्न सफल भएको छ ।भारतको चन्द्रयान पहिलो भएको छ जो सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण भएको हो।

चन्द्रमामा विक्रम ल्यान्डरकी सफ्ट ल्यान्डिङपछि प्रज्ञान रोवर त्यसबाट निस्किनेछ। र चन्द्र सतहहमा घुम्दै सोध गर्नेछ। १४ जुलाई दिउँसो साढे २ बजे श्रीहरि कोटाबाट उडान भरेको चन्द्रयान–३ ले आफ्नो ४० दिन लामो यात्रा पूरा गरेको छ।

चन्द्रयान सफलतापूर्वक अवतरण भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इतिहास रचिएको यो पल निकै अविश्मरणीय रहेको बताएका छन्। भारतीय अन्तरिक्ष एजेन्सी इसरोका सबै सदस्यलाई बधाई दिँदै मोदीले यो अभूतपूर्व क्षणको साक्षी बन्न पाएकोमा गौरभाम्वित भएको बताएका छन्।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो ।

भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो ।

चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान–३’ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसनलगायतका सबै किसिमका कमजोरी अध्ययन गरिएको हो ।

भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ । मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ। त्यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाबारे पनि अध्ययन गरिने जनाइएको छ।

चन्द्रमाको दक्षिण ध्रुव किन महत्वपूर्ण छ ?

चन्द्रमामा पठाइएको अधिकांश मिसन भूमध्यरेखीय क्षेत्रमा पुगेका छन्। जहाँको जमिन दक्षिणी ध्रुवको तुलनामा सपाट छ। तर, चन्द्रमाको दक्षिणी ध्रुवमा कति ज्वालामुखीसमेत छन्। यहाँको जमिनमा निकै उबड-खाबड छन्। चन्द्रयान-३ लाई सफलतापूर्वक त्यहाँ अवतरण गराइएको खण्डमा थप केही रहस्योद्‌घाटन हुनेछन्।

चन्द्रमाको यो क्षेत्र साढे दुई हजार किलोमिटर चौडा र आठ किलोमिटर गहिरो खाडल रहेको अवस्थामा छ। जसलाई सौर्यमण्डलको पुरानो इम्प्याक्ट क्रेटर मानिन्छ। नासाका अनुसार चन्द्रमाको दक्षिणी ध्रुव सूर्य क्षितिजको मुनि वा थोरै माथि रहन्छ। सूर्यको थोरै किरण दक्षिणी ध्रुवमा पर्ने समयमा त्यहाँको तापक्रम ५४ डिग्री सेल्सियस पुग्छ।

तर, यस क्षेत्रमा अग्ला पहाड र गहिरो खाडल छन्। जो किरण पर्ने समयमा पनि अँध्यारोमै डुबिरहेका हुन्छन्। तीमध्ये एक पर्वतको उचाइ सात हजार मिटर छ। छायाँ पर्ने समयमा यहाँको तापक्रम माइनस २०३ डिग्री सेल्सियसदेखि २४३ डिग्री सेल्सियससम्म पुग्छ।

नासाका अनुसार यो समय अत्याधुनिक सेन्सर छ तर यस उबड-खाबड जमिन र अँध्यारोका कारण दक्षिणी ध्रुवमा उत्रिने यानका लागि जमिनको परिस्थित आकलन गर्न मुस्किल हुन्छ। यससँगै कुनै प्रणालीहरु तापक्रमको घटबढबाट प्रभावित हुन सक्छन्। चन्द्रमाको यो क्षेत्र भारतको मात्रै होइन, रुस, चिनलगायत विश्वका शक्ति राष्ट्रको रुचिको विषय बनेको छ।

रुसले चन्द्रयान-३ पछि आफ्नो अभियान लुना-२५ पठाएको थियो। जसलाई दक्षिणी ध्रुवमा ल्यान्ड गराउने भनिएको थियो। तर, गतहप्ता नियन्त्रणभन्दा बाहिर गएर चन्द्रमाको सतहमा क्र्यास भयो। यसका साथै चीनले चाँडै चन्द्रमाका लागि मिसन सुरु गर्ने बताएको छ। भारतले चन्द्रयान-३ पछि चन्द्रयान-४ र त्यसपछि जापानसँग मिलेर ज्वाइन्ट एक्सप्लोरेशन मिसनमा काम गर्ने बताएको छ। यसको अर्थ चन्द्रमाको अँध्यारो क्षेत्रमा रहेको जानकारी प्राप्त गर्नु हो।

सवाल यो रहेको छ कि चन्द्रमाको यो जोखिपूर्ण हिस्सासम्म पुग्ने कोशिस किन भइरहेको छ? विशेषज्ञका अनुसार यस रेसका पछाडि अनेक कारण छन्। मुख्य कारण पानीको उपस्थिति यकिन गर्नु हो। नासाको अन्तरिक्ष यान लुनर रिकानसन्स अर्बिटरले जुटाएको तथ्यांक अनुसार अँध्यारोमा रहेको गहिरो खाडलमा बरफ छ। संसारका धेरै देशले मान्छेलाई चन्द्रमामा पठाउने योजना बनाइरहेका छन्। अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमामा रहन पानी जरुरी हुन्छ। यति मात्र नभइ पानीको अणुलाई हाइड्रोजन र अक्सिजन परमाणुमा तोड्न सकिन्छ। सबैभन्दा पहिले वैज्ञानिक यो जान्न चाहिरहेका छन् कि चन्द्रममा कति बरफ छ? कुन रुपमा छ? के यसलाई राम्रोसँग निकाल्न सकिन्छ कि सकिँदैन?

अवतरणमा अमेरिका, चीन र रुस असफल भएका थिए

यसअघि अमेरिकी, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखावरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए।

सन् २०१९ मा पनि भारतले चन्द्रयान-२ मिशनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो। तर यान दुर्घटनाग्रस्त भएपछि उक्त अभियान विफल भएको थियो।

त्यही भएर अहिले सबैको ध्यान चन्द्रयान-३ मा छ। एउटा अर्बिटर, ल्यान्डर र रोभर रहेको उक्त अन्तरिक्षयानलाई दक्षिण भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट गत जुलाई १४ मा प्रक्षेपण गरिएको थियो।

दक्षिण ध्रुव नै किन ?

दक्षिण ध्रुवमा रहेको खाडलहरुको अध्ययन गर्नका लागि सो ठाउँमा पुग्न प्रतिस्पर्धा चलेको हो । चौध वर्षदेखि चन्द्रमाको परिक्रमा गरिरहेको नासाको ‘लूनर रिकनिसन्स अर्बिटर’ले सङ्कलन गरेको डेटाले सधैँ अँध्यारो हुने केही ठूला खाडलमा पानी रहेको सङ्केत दिएको थियो।

त्यसले उक्त स्थान मानवजातिका लागि पनि उपयुक्त हुनसक्ने ठानिएको छ।