• जेष्ठ ३२ २०८२, शनिबार

बाबुपुस्ताले राजनीतिकमा खेलेको भूमिको जगमा नवयुवराजहरुले मच्चाएको लुट निन्दनीय छ : रवि लामिछाने

भाद्र ६ २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक परिवर्तनका लागि बाबुपुस्ताले खेलेको भूमिकाको जगमा छोरा पुस्ताले अनियमितता गरिरहेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बाबुपुस्ताले गरेको आन्दोलनको आवरणमा नवयुवराजहरुले लुट मच्चाएको आरोप लगाए ।

‘बाबुआमाले गोलीसँग नडराएर ज्यानको बाजी लगाएर लडेको युद्ध, आन्दोलन परिवर्तनका लागि गरेको त्याग तपस्याको बलमा आएका नवयुवराजहरु, उहाँका छोराछोरीहरुको कुन हर्कत र कुन तहको क्रियाकलाप आएको छ हामीले देख्दै आएका छौं’, लामिछानेले भने, ‘नवयुवराज भन्नुपर्ने हुन्छ, किनकी यो परिवर्तनमा बुबापुस्ताले गरेको त्यो त्याग र बलिदानको जगमा छोराछोरी पुस्ताले गरेको यो नाच सर्वत्र देखिएको छ, यो निन्दनीय छ ।

माओवादी केन्द्रका कतिपय नेताका छोराछोरी विभिन्न अनियमितता प्रकरणमा मुछिएकोतर्फ लक्षित गर्दै लामिछानेले सरकारले सुशासनको कुरा गरे पनि ‘नवयुवराज’हरुमाथि अनुसन्धान हुनेमा आशंका रहेको बताए ।