• मंसिर १२ २०८१, बुधबार

मेसीको छिमेकी बने सर्जियो बुस्केट्‌स

भाद्र ६ २०८०, बुधबार

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाबाट अमेरिकन क्लब इन्टर मियामी पुगेका सर्जियो बुस्केट्स मेसीको छिमेकी बनेका छन्। बार्सिलोनाका पूर्वकप्तान समेत रहेका बुस्केट्सले मेसीको घर नजिकै घर किनेका छन्।

बार्सिलोनाका यी दुई पूर्वसहकर्मी तथा दुई पूर्वकप्तान निकै मिल्ने साथी हुन्। जसकारण पनि बुस्केट्सले मेसीको घर नजिकै घर किनेको बताइन्छ। बुस्केट्सले ८.७ मिलियन डलरमा घर किनेको स्पेनिस स्पोटेस्र पत्रिका मार्काले उल्लेख गरेको छ।

भर्खरै बार्सिलोनाबाट मियामी पुगेका ३५ वर्षीय स्टार बुस्केट्सले लिग्स कपको उपाधि समेत जितिसकेका छन्। आफ्ना पूर्वसहकर्मीसँग पुनर्मिलन र उपाधिले बुस्केट्समा थप ऊर्जा थपेको छ।

बुस्केट्सले किनेको घर फोर्ट लाउडडेलको एक विशेष भागमा पर्छ, जसलाई रियल डिल भन्ने गरिन्छ। बुस्केट्सको यो निवास उत्तर मियामीको वाटरफ्रन्ट स्थानबाट ०.३ एकड जमिन ओगटेको छ। जहाँ ७ सयन कक्ष, ६ वटा बाथरुम, तीन वटा कार ग्यारे जसहितको छ। बुस्केट्सको यो घर मेसी निवासबाट नजिकै पर्छ।