☰
धुम्रपानले निम्त्याउँछ यस्ता असरहरु
- हरेक वर्ष ७० लाखभन्दा बढी मानिसको मृत्यु धुम्रपानको सेवनका कारणले हुने गर्दछ ।
- धुम्रपान गर्ने अधिकाशं मानिसमा फोक्सोको क्यान्सर हुने गर्दछ ।
- अत्यधिक धुम्रपान गर्ने मानिसमा ढाड दुख्ने समस्या देखापर्छ ।
- धुम्रपानको सेवनले मानिसमा चाँडै बुढ्यौलीपना ल्याउँछ ।
- धुुम्रपान गर्ने मानिसमा छाला फुस्रो हुने, खुम्चने र पहेँलो हुने सम्भावना हुन्छ ।
- धुम्रपानका कारण शरीरमो भिटामिन सी को मात्रा कम हुने गर्दछ ।
- धुम्रपान गर्दा शरीरमा भित्रिने निकोटिनले रगतमा कोलेस्ट्रोललाई बढाउँछ ।
- धुम्रपानको सेवनले दाँत र गिजा बिगार्नुका साथै मुखको अल्सर समेत हुुन्छ।
- लामो समयदेखि धुम्रपान सेवन गर्नेहरुमा मोतिबिन्दु हुने उच्च जोखिम हुन्छ ।
- धुम्रपानले मुटुमा समेत गम्भिर असर पार्दछ ।
- धुम्रपान गर्नेहरुमा रोगप्रतिरोधात्मक शक्ति कम हुन्छ ।
- धुम्रपानकर्तालाई मधुमेहको सम्भावना उच्च रहन्छ ।
- गर्भवती अवस्थामा आमाले धुम्रपान गरेका कारण बार्षिक हजारौ भ्रुणको मृत्यु हुन्छ ।
- धुम्रपान गर्ने महिलाहरुको महिनावारी नियमित हुदैन ।
- धुम्रपान गर्ने महिलामा बाँझोपनको समस्या उच्च रहन्छ ।
- नियमित चुरोट सेवन गर्नाले हड्डी कमजोर हुने गर्दछ ।
- लागुऔषध र मदिराभन्दा धुम्रपानमा हुने निकोटिनको लत त्याग्न नसकिने हुन्छ ।
- धुम्रपानको अत्यधिक सेवनले उच्च रक्तचाप र हृदयघातको सम्भावना बढी हुन्छ ।
- नियमित चुरोट सेवन गर्नेहरुमा यौन दुर्बलताको सम्भावना उच्च हुन्छ ।
- धुम्रपान गर्नेहरुमा श्रवण शक्ति कमजोर हुन्छ ।
- चुरोटको सेवनले थकान घटाउँदै बरु उल्टै बढाउँछ । साथै टाउको दुखाइ पनि बढ्छ ।
- धुम्रपान गर्नेहरुको आयु औसत भन्दा आठ वर्ष कम हुन्छ ।