• जेष्ठ ३१ २०८२, शुक्रबार

वरिष्ठ अधिवक्ता विष्णु भट्टराई राप्रपा नेपालको वरिष्ठ नेतामा मनोनीत

भाद्र ५ २०८०, मंगलवार

काठमाडौं । वरिष्ठ अधिवक्ता विष्णु भट्टराई राप्रपा नेपालको वरिष्ठ नेतामा मनोनीत भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबार भट्टराईलाई पार्टीको वरिष्ठ नेताको पदमा मनोनयन गरेका हुन् ।

प्रवक्ता वसन्तमानसिंह अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपालको विधानबमोजिम अध्यक्ष थापाले भट्टराईलाई मनोनयन गरेको जनाए ।