• मंसिर १३ २०८१, बिहीबार

रुघा खोकीको घरेलु उपचारहरु

भाद्र ५ २०८०, मंगलवार

मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ ।

घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन्।

बूढापाका, बालबालिका र जटिल स्वास्थ्यस्थिति भएकाहरूका लागि सामान्य रुघाखोकीले समेत स्वास्थ्यसम्बन्धी जटिलता निम्त्याउन सक्छ । यस्ता व्यक्तिहरूले सामान्य रुघाखोकी हुँदा पनि चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया अघि बढाउनुपर्छ ।

तर स्वस्थ व्यक्तिलाई जाडोयाम तथा मौसम परिवर्तनमा सामान्य रुघाखोकी लागे हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि अपनाउँदै आएका घरेलु उपायबाटै सन्चो हुन सक्छ । जाडोयाम तथा मौसम परिवर्तनमा स्वस्थ व्यक्तिलाई समस्यामा पार्ने रुघाका लागि हाम्रो घरदैलोमै पाइने जडीबुटी आदिको उपयोग गर्दा राम्रो हुन्छ ।

घरेलु उपचारहरु

  • तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो । यसले भाइरसलाई समेत निष्क्रिय पार्छ ।
  • खोकी गढेको भए ज्वानो पकाएको पानी खानुपर्छ ।
  • ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ ।
  • पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुई–तीन पटक खाँदा खोकी निको हुन्छ ।
  • लसुन हालेर उमालेको पानी खाँदा वा यसको पोटी मात्रै खाँदा पनि रुघाखोकीमा आराम हुन्छ ।