• जेष्ठ ३१ २०८२, शुक्रबार

उपराष्ट्रपति विलियम अमेरिका गएको मौका पारी चीनका २५ विमान ताइवानी क्षेत्रमा घुसे

भाद्र ३ २०८०, आईतवार

काठमाडौं । ताइवानको रक्षा मन्त्रालयले आइतबार पछिल्लो २४ घण्टामा चिनियाँ वायुसेनाका २५ वटा विमान आफ्नो वायुरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

चिनियाँ एसयू–३० र जे–११ लडाकु विमानले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको मन्त्रालयले जनाएको हो । रोयटर्सका अनुसार टापुनजिकै चीनले सैन्य अभ्यास गर्ने सम्भावना रहेको ताइवानी अधिकारीले बताएका छन् ।

ताइवानका उपराष्ट्रपति विलियम लाइले हालै अमेरिकाको भ्रमण गरेका थिए । त्यसकै आक्रोशमा चीनले शनिबार टापुनजिक सैन्य अभ्यास गरेको थियो ।