• जेष्ठ ३१ २०८२, शुक्रबार

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय

भाद्र ३ २०८०, आईतवार

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि सोमबार संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले भोलि(सोमबार) ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

त्यसअघि बिहान साढे १० बजे उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय भएको छ । गत साउन २३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय राखेर श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो ।

गत साउन १८ गते संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको थियो । न्यायपरिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसमा श्रेष्ठको नाम पहिलो नम्बरमा रहेको थियो । संसदीय समितिबाट अनुमोदन भएमा उनले १४ महिना सर्वोच्चको नेतृत्व गर्नेछन् ।