काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुबीचको छलफलमा सत्तापक्ष प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेन ।
सदनको अवरोध खुलाउन सभामुख घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सिंहदरवारमा आइतबार बिहान छलफल गरेका थिए । तर उक्त छलफलमा प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने पूर्ववत् अडान नछोडेपछि सहमति जुट्न नसकेको हो ।