• जेष्ठ ३१ २०८२, शुक्रबार

प्रचण्डले नै कार्यान्वयन नगरे संघीयता फेल हुन्छ : मुख्यमन्त्री पाण्डे

भाद्र १ २०८०, शुक्रबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रचण्डले नै कार्यान्वयन गर्न नसके संघीयता फेल हुने बताएका छन् । संघीयताकै एजेण्डा बोकेर हिँड्ने पार्टीका नेताले नै कार्यान्वयन गर्न नसक्ने हो भने फेलिएर हुने बताएका हुन् ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगले गरेको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र तयारी छलफलमा बोल्ने क्रममा मुख्यमन्त्री पाण्डेले संविधानको मर्मअनुसार काम गर्ने इच्छाशक्ति ५ वर्षसम्म पनि नदेखिएको बताए ।

मुख्यमन्त्री पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनबारे पनि आक्रोश पोखेका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय सञ्चालन गर्नेतर्फ पनि प्रदेशले ध्यान दिनुपर्ने बताएका थिए ।

श्रेष्ठकै भनाइको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भन्ने कुरामा आफूहरुको कुनै भूमिका रहन नसक्ने बताए । उनले विमानस्थलको एउटा कुर्ची र एउटा ढोका खोल्न पनि त्यहाँको पिएको अनुमति लिनुपर्ने मुख्यमन्त्रीको आक्रोस् थियो ।